तेज बहादुर नेपालीको जीवनरक्षाका लागि सहयोगको अपिल

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी, – डोटीको जोरायल गाउँपालिका-३, रावतकट्टे निवासी ३५ वर्षीय तेज बहादुर नेपाली विगत आठ वर्षदेखि भारतको बेंगलोर, थर्मानलीमा सुरक्षागार्डका रूपमा कार्यरत थिए। परिवारको उज्ज्वल भविष्यका लागि विदेशमा श्रम गरिरहेका उनी तीन दिनअघि अचानक उच्च रक्तचापका कारण मस्तिष्कको नसा फुटेर अचेत भए।

जिल्ला वन डोटी

हाल उनलाई भारतको जिबपजाला स्थित लाइफ केयर अस्पतालमा राखेर उपचार गरिँदैछ। चिकित्सकहरूका अनुसार उनको अवस्था गम्भीर छ र बचाउनका लागि थप उन्नत उपचार आवश्यक छ, जसका लागि ठूलो आर्थिक खर्च लाग्नेछ। अस्पतालको महँगो खर्च जुटाउन नसक्दा परिवार गहिरो संकटमा परेको छ।

पोषण खाजा सम्बन्धि सन्देश

तेज बहादुरका श्रीमती र दुई सन्तान भारतमै सँगै बस्दै आएका छन्। परिवारका लागि अहोरात्र खटिने उनी अचानक गम्भीर बिरामी परेपछि श्रीमती र छोराहरू असहाय बनेका छन्। परिवारको एक मात्र आर्थिक स्रोत गुमेपछि उपचार खर्च जुटाउन नसक्ने अवस्थामा पुगेका छन्। उनका दाजु धन बहादुर नेपाली भन्छन्— तेज बहादुर मेहनती, इमानदार र परिवारप्रति समर्पित व्यक्ति हुन्। उनले आफ्नो श्रमबाट परिवारलाई सँधै सुखी राख्ने प्रयास गरेका थिए। तर, अकस्मात यस्तो घटना भएपछि परिवार नै संकटमा परेको छ। अस्पतालको उपचार खर्च अत्यधिक महँगो भएकाले आफैं व्यवस्थापन गर्न कठिन भइरहेको छ। भाइको जीवन बचाउनका लागि सबै नेपाली दाजुभाइ तथा सहयोगी मनहरूबाट आर्थिक सहायता आवश्यक छ।

सानो सहयोगले तेज बहादुर नेपालीलाई नयाँ जीवन दिन सक्छ। उनको उपचारका लागि इच्छुक महानुभावहरूले तलको बैंक  QR मा सक्दो आर्थिक सहयोग गरी दिन परिवारजनले सबैमा अपिल गरेको छ ।बिरामीका दाइ केशब नेपालीको सम्पर्क नम्बर ९८४८६२८४४२ र भतिजा बिमलको सम्पर्क नम्बर ९७४५५२८९१५ र बैंक  QR  तल रहेको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.