देशभर तीन दिनसम्म मौसम बदली, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

काठमाडौं – आगामी तीन दिन देशभर मौसम बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभावका कारण विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

जिल्ला वन डोटी

महाशाखाका अनुसार हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही पहाडी स्थानहरूमा हल्का वर्षा भइरहेको छ। शुक्रबार राति कोशी, मधेश प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा अन्य पहाडी भेगका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। रातिको समयमा पनि कोशी, गण्डकी तथा अन्य पहाडी भागमा मौसम बदली भई हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार दिउँसो कोशी र बागमती प्रदेशका केही स्थानहरूमा वर्षा तथा मधेश र गण्डकी प्रदेशका केही स्थानहरूमा पनि मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ। राति भने अधिकांश स्थानमा मौसम आंशिक बदली भई सफा रहने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.