वित्तीय साक्षरतासम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी – शनिबार डोटीको बुडरमा बुडर वित्तीय तथा सामाजिक विकास समूहको आयोजनामा Global Money Week अन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत बुडर बजारदेखि मिलचौराहा सम्म जनचेतनामूलक र्‍याली निकालिएको थियो भने मिलचौराहामा कोणसभा आयोजना गरिएको थियो।

जिल्ला वन डोटी

कोणसभामा समूहका अध्यक्ष तथा कुमारी बैंकका शाखा प्रबन्धक ओमकार ढुङ्गानाले समुदायमा वित्तीय साक्षरताको आवश्यकताबारे प्रकाश पार्दै, वित्तीय संस्थाहरूले आ-आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने उल्लेख गरे।

पोषण खाजा सम्बन्धि सन्देश

नेपाल राष्ट्र बैंकको सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम अन्तर्गत मनाइने Global Money Week लाई प्रभावकारी बनाउन बुडर आसपास कार्यक्षेत्र रहेका वित्तीय तथा सामाजिक संघसंस्थाहरूको सहकार्यमा समूह गठन गरिएको छ। समूहले विगतदेखि नै असहाय तथा अनाथ बालबालिकालाई सहयोग गर्दै आएको छ।

समुदाय तथा सार्वजनिक सम्पदाको संरक्षण अभियान अन्तर्गत यही चैत्र १६ गते शनिबार बुडरस्थित पूर्णागिरी मन्दिरमा सरसफाइ तथा रंगरोगन गर्ने योजना रहेको समूहकी उपाध्यक्ष यशोदा थापाले जानकारी दिइन्। साथै, सो कार्यक्रममा आर्थिक तथा भौतिक रूपमा सहभागी भई सहयोग गर्न सरोकारवालाहरूसँग अनुरोध गर्दै पत्राचार गरिने उनले बताइन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.