जोरायल गाउँपालिकामा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न, ४० जना सम्मानित

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी – जोरायल गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा वडा नं. ५ र ६ मा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ। हिजो (चैत ८ गते) वडा नं. ५ मा र आज (चैत ९ गते) वडा नं. ६ निरौलिमा कार्यक्रम सम्पन्न गरिएको हो। सम्मान कार्यक्रममा ८० वर्षभन्दा माथिका ४० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ, जसमा वडा नं. ५ का १७ जना र वडा नं. ६ का २३ जना रहेका छन्। विशेष रूपमा, वडा नं. ६ की १०९ वर्षीया शारदा बोहरालाई समेत सम्मान प्रदान गरिएको छ।

जिल्ला वन डोटी

कार्यक्रममा प्रमुख अतिथि दर्गा दत्त ओझा, विशिष्ट अतिथि जमुना बोहरा, वडा नं. ६ का अध्यक्ष गणेशबहादुर बोहरा, महिला तथा बालबालिका शाखा प्रमुख तुलसी पाण्डे लगायत अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथि ओझाले जेष्ठ नागरिकहरू समाजको मार्गदर्शक भएको उल्लेख गर्दै उनीहरूको सम्मान गर्नु सबैको कर्तव्य रहेको बताए। विशिष्ट अतिथि जमुना बोहराले जेष्ठ नागरिकलाई सम्मान गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुने धारणा व्यक्त गरिन्।

पोषण खाजा सम्बन्धि सन्देश

वडा अध्यक्ष गणेशबहादुर बोहराले जेष्ठ नागरिकहरूको अनुभव समाजका लागि महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै आगामी दिनमा उनीहरूको हितमा थप कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। महिला तथा बालबालिका शाखा प्रमुख तुलसी पाण्डेले जेष्ठ नागरिकको सम्मानले युवा पुस्तालाई उनीहरूप्रति जिम्मेवार बनाउने विश्वास व्यक्त गरिन्।

सम्मानित जेष्ठ नागरिकहरूले कार्यक्रम प्रति प्रसन्नता व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर गर्नुपर्ने धारणा राखेका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.