
कैलाली – गौरीगंगा नगरपालिका-१, चौमाला, कैलालीस्थित सामुदायिक ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्थाको ११औँ साधारणसभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष सत्यराज जोशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा संस्थाका संस्थापक अध्यक्ष टीकासिं बोहरा रहनु भयो भने विशिष्ट अतिथिका रूपमा गौरीगंगा सहकारी सञ्जालका अध्यक्ष हृदयकुमार थापा उपस्थित हुनुहुन्थ्यो।


कार्यक्रममा मौवारी सामुदायिक वनकी अध्यक्ष सुन्दिरा चौधरी, इन्द्रबहादुर चन्द, जुद्ध साउँद लगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सहकारी संस्थाले संस्थामा महत्वपूर्ण योगदान दिने सेयर सदस्यहरू इन्द्रबहादुर साउँद, गणेश चन्द, रामदास थारु, वीरसिं बुढा लगायत ७ जना सदस्यहरूलाई सम्मानपत्र प्रदान गरेको थियो।
कार्यक्रममा संस्थाकी व्यवस्थापक आरती बिनाडी जोशीले आ.व. २०८०/८१ को करिब ११ लाख २८ हजार ९ सत १८ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।
संस्थाका सदस्य चक्र चन्दले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव नन्दलाल उपाध्यायले गर्नुभएको थियो।



