निःशुल्क आँखाको शल्यक्रिया शिविर सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी – जोरायल गाउँपालिकाको आयोजना र च्यारिटी हेल्थ फाउन्डेसन धनगढीको सहयोगमा चैत १० र ११ गते रावतकट्टेमा निःशुल्क आँखाको शल्यक्रिया शिविर सम्पन्न भएको छ।

जिल्ला वन डोटी

शिविरमा १०० जना बिरामीको सफल शल्यक्रिया गरिएको जोरायल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोबिन्द बिष्टले जानकारी दिए। वरिष्ठ नेत्र विशेषज्ञहरूको टोलीद्वारा बिरामीहरूको परीक्षण तथा शल्यक्रिया गरिएको थियो।

पोषण खाजा सम्बन्धि सन्देश

शिविरबाट सेवा लिएका बिरामीहरूले निःशुल्क उपचार प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गर्दै, गाउँमै यस्तो सुविधा उपलब्ध गराएकोमा आयोजक संस्थालाई धन्यवाद दिएका छन्। उनीहरूले यस्ता शिविरलाई नियमित सञ्चालन गर्नुपर्ने माग राखेका छन्।

निःशुल्क स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यले सञ्चालन गरिएको यो शिविरले धेरैलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको छ। गाउँपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिँदै गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.