क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्ने बंगलादेशी अदालतको आदेश

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

बंगलादेशको एक अदालतले क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्ने आदेश दिएको छ। देशका पूर्व नेताप्रति देखाएको बफादारीका कारण उत्पन्न कानुनी समस्याबीच अदालतले यस्तो आदेश दिएको हो।

शकिब बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टीबाट निर्वाचित पूर्व सांसद हुन्। शेख हसिनालाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहपछि सत्ताच्युत गराइएको थियो। त्यसपछि उहाँ छिमेकी भारत पलायन हुनुभएको थियो। हसिनासँगको सम्बन्धकै कारण शकिब जनताको आक्रोशको निशानामा परेका थिए।

जिल्ला वन डोटी

विद्रोहका क्रममा भएको प्रहरी दमनमा संलग्न भएको आरोपमा धेरै जनामाथि हत्या अनुसन्धान चलिरहेको भए पनि शकिबलाई त्यसमा संलग्न देखाइएको छैन। तर, उहाँमाथि तीन लाख डलरभन्दा बढीको चेक बाउन्स गरेको आरोपमा ठगीको मुद्दा दायर गरिएको छ।

ढाका अदालतले जनवरीमा शकिबको गिरफ्तारीका लागि वारेन्ट जारी गरिसकेको थियो। सोही मुद्दाका सिलसिलामा ढाकाका एक मजिस्ट्रेटले सोमबार शकिबको सम्पत्ति जफत गर्न आदेश दिएका हुन्।

जब हसिनाको सरकार पतन भयो, त्यतिबेला शकिब क्यानडामा घरेलु टी–२० प्रतियोगिता खेलिरहेका थिए। त्यसयता उहाँ बंगलादेश फर्किनुभएको छैन।

शकिब बंगलादेश क्रिकेट टोलीका अनुभवी खेलाडी हुन्। उहाँले ७१ टेस्ट, २४७ एकदिवसीय र १२९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। साथै, उहाँले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ७१२ विकेट लिएका छन्।-एजेन्सी

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.