प्रहरीद्वारा बडिकेदारमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी,- नागरिकको गुनासो, सुझाव र अनुभवलाई प्रत्यक्ष रूपमा संकलन गरी सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यसहित इलाका प्रहरी कार्यालय बिपिनगर, डोटीको आयोजनामा “नागरिक सुनुवाइ कार्यक्रम” मंगलबार सम्पन्न भएको छ।

जिल्ला वन डोटी

बडिकेदार गाउँपालिका–१ स्थित ईलाका प्रहरी कार्यालय बि पि नगरको प्राङ्गणमा सम्पन्न कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष डबल बहादुर बोहरा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका कर्मचारी, शिक्षक, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, विद्यार्थी, महिला तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

पोषण खाजा सम्बन्धि सन्देश

प्रहरी सेवा थप प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउने लक्ष्यका साथ आयोजित कार्यक्रममा सहभागीहरूले प्रहरी सेवा प्राप्त गर्दा भोगेका समस्या, सुझाव र अनुभवहरू साटासाट गरे। महिला सुरक्षा, बालबालिका संरक्षण, सडक सुरक्षा, अपराध नियन्त्रण, प्रहरीको व्यवहार र पहुँच सम्बन्धी विषयहरूमा विशेष छलफल भएको थियो।

वडा अध्यक्ष डबल बहादुर बोहराले प्रहरीको यस्तो जनमुखी प्रयासको प्रशंसा गर्दै जनसुरक्षाको विषयमा प्रहरी र नागरिकबीचको समन्वय अझै सुदृढ हुनुपर्ने धारणा राखे।कार्यक्रमले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ विश्वासिलो, सहयोगी र उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.