मातृभूमि लघुबित्तले मृतक सदस्यलाई प्रदान गर्‍यो बीमा सुविधा

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

कञ्चनपुर– मातृभूमि लघुबित्त वित्तीय संस्था लिमिटेड, अनुगमन कार्यालय अत्तरिया कैलाली अन्तर्गतको भिमदत्त शाखा कार्यालयमार्फत मृतक सदस्य जानकी देवी सिंह ठकुरीको परिवारलाई बीमा सुविधा स्वरूप ६लाख४३हजार५सय६ रुपैयाँ   वितरण गरिएको छ।

जिल्ला वन डोटी

जानकी देवी सिंह ठकुरी मातृभूमि लघुबित्त वित्तीय संस्थाको केन्द्र नं. ००९, राधाकृष्ण महिला विकास केन्द्र, भिमदत्त नगरपालिका–८, तिलाचौरमा आवद्ध भई २०७९ असार ६ गतेदेखि बचत तथा कर्जा कारोबारमा संलग्न हुनुहुन्थ्यो। उहाँको २०८१ फागुन १० गते हृदयघातका कारण निधन भएको थियो।

पोषण खाजा सम्बन्धि सन्देश

उक्त बीमा राहत वितरण कार्यक्रममा भिमदत्त नगरपालिका–८ का पूर्व वडा अध्यक्ष तथा समाजसेवी ध्वज बहादुर विष्ट प्रमुख अतिथि रहनु भएको थियो भने अनुगमन कार्यालय अत्तरियाका प्रमुख गम बहादुर खड्का पनि सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन केन्द्र व्यवस्थापक रमण जोशीले गर्नुभएको हो भने शाखा प्रमुख माया विष्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

मातृभूमि लघुबित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यहरूलाई लक्षित गर्दै विभिन्न जनोपयोगी कार्यक्रमहरू संचालन गर्दै आएको छ। जस्तै—च्याउखेती तालिम, बाख्रा पालन तालिम, वित्तीय साक्षरता कार्यक्रम, सिजनअनुसार तरकारीको बीउ वितरण तथा केन्द्र प्रमुख र सदस्यहरूको गोष्ठीहरू सञ्चालन गर्दै आइरहेको छ। यस संस्थाले अन्य लघुवित्त संस्थाहरूको तुलनामा केही फरक ढंगले ग्राहकमैत्री सेवा प्रदान गर्दै आइरहेको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.