हेमा श्री फाउन्डेसनको स्थापना दिवसमा ५० जेष्ठ नागरिकलाई छाता वितरण

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

कैलाली – हेमा श्री फाउन्डेसन नेपालले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा ५० जना अशक्त र जेष्ठ नागरिकलाई छाता वितरण गरेको छ।

संस्थाका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि गौरीगंगा नगरपालिका नगर उपप्रमुख भोज बहादुर बम र बिशिष्ट अतिथी वडा नं. ६ का वडा अध्यक्ष टेक बहादुर कुँवर उपस्थित हुनुहुन्थ्यो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

नगर उपप्रमुख बमले कार्यक्रममा बोल्दै फाउन्डेसनको कामको सराहना गर्दै भने, “फाउन्डेसनले असक्त, एकल घर परिवारका सदस्य र जेष्ठ नागरिकलाई सहयोग गर्दै, समाजको मारमा परेका व्यक्तिहरूसँग सहकार्य गर्दै आएको छ। यसरी जेष्ठ नागरिकलाई छाता उपलब्ध गराउनु प्रंशसनिय कार्य हो।”

फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले संस्थाले असहाय बालबालिका, उपचार नपाएका व्यक्तिहरू र मृगौला पीडितहरूको सहयोग गर्दै आएको जानकारी दिनुभयो।

कार्यक्रममा अमर मा.बि. का अध्यक्ष दान बहादुर कुँवर, भैरव प्रा.बि. शिक्षिका भगवती बडैला, दृस्टी ग्रामीण विद्युत सहकारी अध्यक्ष वीर बहादुर शाह, न्यु त्रिपुरा ग्रामीण विद्युत अध्यक्ष करन खडका, कैलाली भिजन स्कुलका ध्वज बोगटी लगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो।

जेष्ठ नागरिकहरूले नि:शुल्क छाता प्राप्त गरेपछि फाउन्डेसनलाई धन्यवाद व्यक्त गरे। कार्यक्रमको स्वागत मन्तव्य फाउन्डेसनकी कोषाध्यक्ष लछ्मी बोगटी कुँवरले व्यक्त गर्नुभएको थियो, र कार्यक्रमको संचालन फाउन्डेसनका सचिव चक्रजित रावलले गर्नुभएको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.