इजरायलमा सुदूरपश्चिमेली नेपाली समाज गठन

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

सुदूरपश्चिम प्रदेशका नेपालीहरूले इजरायलमा ‘सुदूरपश्चिमेली नेपाली समाज’ गठन गरेका छन्। विभिन्न पेशागत कामका सिलसिलामा इजरायलमा रहेका नेपालीहरूलाई एकत्रित गर्दै शनिबार आयोजित भर्चुअल प्रथम अधिवेशनमार्फत समाजको औपचारिक घोषणा गरिएको हो।

जिल्ला वन डोटी

अधिवेशनले कृष्ण चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिमा आशिका कुमारी भण्डारी वरिष्ठ उपाध्यक्ष, नविन जोशी उपाध्यक्ष, भावना साउँद महिला उपाध्यक्ष, विनोद कुमार गठुन्ना महासचिव, नवराज विष्ट सचिव, खगिसरा बुढा (ज्योति) कोषाध्यक्ष, जीवन डगौरा सहकोषाध्यक्ष चयन भएका छन्।

पोषण खाजा सम्बन्धि सन्देश

त्यसैगरी, अनिता शाह नेपाल संयोजक, निर्मला तिमिल्सैना महिला संयोजक तथा नरेन्द्र सिंह विष्ट, राजेश राना, धर्मदास राना, निरुता खड्का सिराडी र नन्दकली राना सदस्यमा चयन भएका छन्।

प्रथम अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि रहेका इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले सुदूरपश्चिमका युवाहरूलाई एकताको सूत्रमा बाँध्ने प्रयासप्रति प्रशंसा व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.