निःशुल्क आधारभूत कर्मकाण्ड प्रशिक्षण कार्यक्रम सम्पन्न

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

कैलाली – नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कैलाली र अत्तरिया स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको निःशुल्क आधारभूत कर्मकाण्ड प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ।

बैशाख ३ गतेदेखि सुरु गरिएको उक्त प्रशिक्षण कार्यक्रम आज १८ गते समापन गरिएको हो। समापन समारोहको अध्यक्षता पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले गर्नुभएको थियो भने प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकार, आर्थिक मामिला मन्त्रालयका राज्यमन्त्री माननीय प्रकाश बहादुर बम रहनु भएको थियो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हेमप्रकाश मल्ल र विश्व हिन्दु परिषद् सुदूरपश्चिम प्रदेशका अध्यक्ष महेन्द्र पन्त विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो। नेपाल ज्योतिष परिषद् कैलालीका जिल्ला सह–सचिव पुष्पराज सुवेदीले स्वागत मन्तव्य दिनु भएको कार्यक्रमको औचित्यमाथि परिषद्का जिल्ला अध्यक्ष तथा कर्मकाण्ड प्रशिक्षक खगेन्द्रराज अवस्थीले प्रकाश पार्नु भएको थियो।

प्रशिक्षणमा कैलाली, कञ्चनपुर र डोटी जिल्लाका विभिन्न स्थानबाट सहभागी भएका ३२ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो। समापन कार्यक्रममा पुस्तकालयका आजीवन सदस्य, दानदाता, पत्रकार, शिक्षक, व्यापारी, बुद्धिजीवी, कर्मचारी र विद्यार्थीसमेत गरी झण्डै १०० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा सनातन धर्म संस्कृति संरक्षण संस्था नेपाल, अत्तरियाको तर्फबाट आकर्षक भजन प्रस्तुति गरिएको थियो। कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव राजबहादुर कडायतले गर्नुभएको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.