अधिवक्ता जोशीद्वारा विद्यालयलाई शैक्षिक टोकरी सहयोग

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

कञ्चनपुर – ‘जोशी ल एन्ड एसोसिएट्स’, अनामनगर, काठमाडौंका सञ्चालक अधिवक्ता दीपकराज जोशीले बैजनाथ माध्यमिक विद्यालय, बेलडाँडी–५, झिलमिला, कञ्चनपुरलाई शैक्षिक सामग्रीसहित १५ थान शैक्षिक टोकरी प्रदान गरेका छन्।

जिल्ला वन डोटी

आइतबार  विद्यालयमा आयोजित एक कार्यक्रममा प्रत्येक शिक्षकलाई एक-एक ओटा टोकरी हस्तान्तरण गरिएको हो। ती टोकरीहरूमा शिक्षणमा प्रयोग हुने आवश्यक सामग्री—जस्तै कैँची, स्टिच, ग्लु स्टिक, टेप, पञ्चिङ मेसिन, स्केल, टाइपेक्स, हाइलाइटर, पेन्सिल र साइनपेन कलर, ब्यान्डेज, डटपेन (रातो–कालो), पेन्सिल, कटर, मेटर र शिक्षक डायरी—समावेश छन्। साथै, साना कक्षामा पढाउने शिक्षकको टोकरीमा ऐना, काइँयो, नङ कटर, साबुनजस्ता अतिरिक्त सामग्री पनि राखिएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

विद्यालयका प्रधानाध्यापक तीर्थराज भट्टका अनुसार, “यी सामग्रीहरू सामान्य लागे पनि शिक्षकका लागि आवश्यक औजार हुन्। विद्यालयको आर्थिक अवस्थाले हरेक शिक्षकलाई यस्ता सामग्री उपलब्ध गराउन नसक्ने भएकाले यो सहयोग निकै महत्वपूर्ण भएको छ।” उनले सहयोगका लागि अधिवक्ता जोशीप्रति विशेष आभार व्यक्त गरे।

कानुन व्यवसायी जोशी सामाजिक उत्तरदायित्वप्रति सचेत र सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले सामुदायिक विद्यालयप्रति सकारात्मक भावना राख्दै, “समस्या देखेर आलोचना गर्नुभन्दा सहयोग गर्नु नै साँचो परिवर्तन हो,” भन्ने सन्देश दिन खोजिएको विद्यालय प्रशासनले जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.