भारत र पाकिस्तानबीच तनाव बढेपछि पञ्जाबका मानिसले खाली गर्न थाले घर

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

काठमाडौं : भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै क्षेत्रमा आक्रमण गरेपछि पञ्जाबका केही गाउँका मानिसहरूले आफ्नो घर खाली गर्न थालेका छन्।

मानिसहरू आफ्ना सामान ट्रयाक्टर–ट्रलीमा लोड गर्दै सीमाबाट टाढाका गाउँ वा आफन्तको घरतिर जान लागेका हुन्।

जिल्ला वन डोटी

बीबीसीले सीमाबाट टाढा सरिरहेका धेरै परिवारहरूसँग कुरा गरेको छ। ती परिवारले आफूहरू सुरक्षित स्थानतिर सरिरहेको बताएका छन्।तर, प्रत्येक परिवारबाट एक वा दुई जना आफ्नो घर, सम्पत्ति र जग्गाको सुरक्षा गर्न त्यहाँ बस्नेछन्।

फिरोजपुर जिल्लाको हुसैनीवाला सीमा नजिकै करिब १२ देखि १४ गाउँहरू छन्। ती गाउँ भारत–पाकिस्तान सीमासँग सिधै जोडिएका छन्।

‘यहाँ डरको वातावरण छ। मानिसहरू आफ्ना आफन्तको घरमा गइरहेका छन्,’ झुगे हजारा सिंह गाउँका जीत सिंहले भने।

एक वृद्धा महिला पञ्जो बाईले भनिन्,‘हामी हाम्रो अन्न लिएर सुरक्षाको लागि मोगा जिल्ला जाँदैछौं। यहाँ युद्धको सम्भावना छ र पाकिस्तानले रातमा आक्रमण गर्न सक्छ।’-annapurnapost.com

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.