
कैलाली – अत्तरियास्थित महिला तथा बालबालिका सेभ हाउसमा आश्रय लिएका २० जना बालबालिकालाई समाजसेवी तथा हेमा श्री फाउन्डेसन नेपालकी आजीवन सदस्य रुपा कुँवर क्षेत्रीले झोला वितरण गरेकी छन्।

विदेशमा रोजगारीमा रहेकी क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा सेवा भावनासहित बालबालिकाको शिक्षाप्रति प्रेरणा जगाउने उद्देश्यले सहयोगस्वरूप झोला पठाएको बताइएको छ।

झोला वितरण कार्यक्रममा फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्तराज जोशी (बाजे), कोषाध्यक्ष लक्ष्मी बोगटी कुँवर, समता स्कुलकी प्राचार्या रितु पाण्डे शाहु, सेभ हाउसकी अध्यक्ष जानकी मलासीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष जोशीले भने, “जन्मदिनमा भोजभतेरमा खर्च गर्नुको सट्टा विद्यार्थीलाई अध्ययनमा प्रेरित गर्नु नै अर्थपूर्ण कार्य हो। त्यसैले झोला वितरण गरिएको हो।”



