भारत–पाकिस्तान तनाव चर्किंदै, ड्रोन र मिसाइल आक्रमणका आरोप

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

काठमाडौं,— भारत र पाकिस्तानबीचको तनाव बुधबार रातिदेखि थप चर्किएको छ। दुबै देशले एकअर्कामाथि ड्रोन र मिसाइल आक्रमणको आरोप लगाउँदै तीव्र सैन्य जवाफ दिएको दाबी गरेका छन्।

पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (ISPR) ले बिहीबार दिउँसो विज्ञप्ति जारी गर्दै बुधबार रातिदेखि हालसम्म भारतका २५ ड्रोन खसालिएको जनाएको छ। यसअघि गरिएको पत्रकार सम्मेलनमा पाकिस्तानले १२ ड्रोन खसालेको दाबी गरेको थियो।

त्यसको केही समयमै भारतले पनि विज्ञप्ति जारी गर्दै पाकिस्तानले उत्तर र पश्चिम भारतमा रहेका सैन्य लक्ष्यहरूमा मिसाइल र ड्रोनमार्फत आक्रमण गर्ने प्रयास गरेको आरोप लगाएको छ। भारतका अनुसार ती प्रयासहरू ‘निस्क्रिय पारिएका’ छन्।

जिल्ला वन डोटी

भारतीय पक्षले लाहोरसहित पाकिस्तानका विभिन्न स्थानमा रहेका एयर डिफेन्स प्रणालीहरूलाई लक्षित गरी कारबाही गरिएको जनाएको छ। भारतीय विज्ञप्तिमा भनिएको छ, “लाहोरस्थित एक हवाई रक्षा प्रणालीलाई निस्क्रिय बनाइएको विश्वसनीय स्रोतबाट थाहा भएको छ।”

यता, लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले सम्भावित आकाशीय आक्रमणको आशंकाबीच आफ्ना कर्मचारीलाई ‘शेल्टर इन प्लेस’ अर्थात् सुरक्षित स्थानमै बस्न निर्देशन दिएको छ। साथै, लाहोर विमानस्थल आसपासका क्षेत्र खाली गरिँदै गरेको दूतावासले जनाएको छ।

यसैबीच भारतले पाकिस्तानको गोलेबारीमा परी १६ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ, जसमा ३ महिला र ५ बालबालिका पनि छन्। भारतीय विवरणअनुसार बुधबार बिहानदेखि पाकिस्तानले जम्मु–कश्मीरको कुपवाडा, बारामुला, उरी, पुंछ, मेंधार र राजौरी क्षेत्रमा मोर्टार र तोपबाट ‘उक्साहटपूर्ण फायरिङ’ गरिरहेको छ।

भारतीय सेनाले भने जवाफी कारबाहीमार्फत पाकिस्तानी आक्रमण रोकिएको दाबी गरेको छ।

साभार: विभिन्न अनलाइन स्रोतहरू

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.