जोरायल गाउँपालिकाको विभिन्न वडामा घुम्ती सेवा शिविर सञ्चालन हुने

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी — जोरायल गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न सरकारी सेवा नागरिकको पहुँचमा सहज रूपमा पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाका तीन वटा वडामा घुम्ती सेवा शिविर सञ्चालन गर्न लागेको छ।

गाउँपालिकाको कार्यलयबाट जारी सूचनाअनुसार वैशाख २६ गते जोरायल गाउँपालिका–४ को खैगाड वैशाख २७ गते वडा नं. ५ गड्सेरा र वैशाख २८ गते वडा नं. ६ निरौलीमा बिहान ११ बजेदेखि ४ बजे सम्म शिविर सञ्चालन गरिनेछ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

शिविरमार्फत मानव स्वास्थ्य परीक्षण, स्वास्थ्य उपचार तथा परामर्श सेवा, पशु स्वास्थ्य तथा पशुपालनसम्बन्धी सेवा, तरकारीको बीउविजन वितरण र बाली संरक्षण सेवा, बालमैत्री सेवा, आयुर्वेद उपचार, अपाङ्गता परिचयपत्र वितरण, लैङ्गिक हिंसा सम्बन्धी जनचेतना र शिक्षा परामर्श सेवा उपलब्ध गराइनेछ।

शिविरमा स्वास्थ्य शाखा, कृषि शाखा, पशु सेवा शाखा, शिक्षा शाखा तथा सामाजिक विकास शाखाका प्राविधिक र कर्मचारीहरू खटिने व्यवस्था गरिएको छ। सेवाहरू सहज र गुणस्तरीय रूपमा दिनका लागि आवश्यक तयारी पूरा भइसकेको गाउँपालिकाले जनाएको छ।

जोरायल गाउँपालिकाले तोकिएको मिति, समय र स्थानमा उपस्थित भई उपलब्ध घुम्ती सेवाबाट लाभ उठाउन सम्पूर्ण स्थानीयवासीलाई अनुरोध गरेको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.