मोहन्यालमा प्रशासनिक भवन उद्घाटनमा विवाद, उपाध्यक्षद्वारा शिलालेख तोडफोड

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

कैलाली – कैलालीको मोहन्याल गाउँपालिकामा प्रशासनिक भवन उद्घाटन कार्यक्रम विवादमा परेको छ। गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायद्वारा नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरेलगत्तै उपाध्यक्ष कमल साउदले आपत्ति जनाउँदै भवन अगाडिको शिलालेख फुटाएका छन्।

उपाध्यक्ष साउदले उद्घाटन कार्यक्रममा आफू र अन्य जनप्रतिनिधिहरूलाई निमन्त्रणा नदिएको गुनासो गर्दै एकल निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनले भने, “प्रशासनिक भवनजस्तो महत्वपूर्ण संरचना उद्घाटनमा सबै जनप्रतिनिधिको उपस्थिति आवश्यक हुन्छ। तर अध्यक्षले चुपचाप घरको उद्घाटन गरेजस्तो गरे, त्यसकै विरोधस्वरूप शिलालेख फुटाएँ।”

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

तर अध्यक्ष उपाध्यायले भने सबै वडाका प्रतिनिधिलाई बोलाउन सकस रहेको जनाउँदै केही वडाका प्रतिनिधिलाई र उपाध्यक्ष साउदलाई समेत बोलाइएको दाबी गरेका छन्। “उहाँ आफैं नआउनु भयो, तर निमन्त्रणा गरिएको थियो,” अध्यक्ष उपाध्यायले प्रतिक्रिया दिए।

उनले उपाध्यक्ष साउदले शिलालेख मात्र नभई अन्य संरचनामा समेत तोडफोड गरेको आरोपसमेत लगाएका छन्। “जिम्मेवार पदमा बसेका व्यक्तिले सार्वजनिक सम्पत्तिमा यस्तो क्षति पु¥याउनु अत्यन्त दुर्भाग्यपूर्ण र लाजमर्दो हो,” उपाध्यायले भने।

घटनापछि स्थानीय स्तरमा चासो र बहस सुरु भएको छ भने पालिकाभित्रको राजनीतिक समन्वय र सहकार्यमा असर पर्ने संकेत देखिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.