नेविसंघ इकाइ समितिबाट छात्रावासलाई १० थान पंखा प्रदान

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी, जेठ २६ – नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाइ समिति, केदार सूर्य बहुमुखी क्याम्पस, बिपिनगरले क्याम्पस अन्तर्गत रहेको छात्रावासका लागि १० थान पंखा प्रदान गरेको छ।

डोटी जिल्लाको बडिकेदार गाउँपालिका–१ स्थित उक्त क्याम्पसमा अध्ययनरत छात्राहरूलाई गर्मीयाममा बस्न सहज होस् भन्ने उद्देश्यले पंखा सहयोग गरिएको हो। गर्मीको कारण छात्रावासमा बसोबास गर्न कठिनाइ भएपछि नेविसंघ इकाइ समितिले पहल गर्दै पंखा वितरण गरेको जनाएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

नेविसंघ इकाइ समिति अध्यक्ष भरत पातलीका अनुसार, यो सहयोग स्ववियु निर्वाचनअघि गरिएको प्रतिबद्धताको एक अंश हो। “हामी निर्वाचनमा पराजित भयौं, तर प्रतिबद्धता र जिम्मेवारीप्रति गम्भीर छौं। त्यसैले छात्राहरूको सुविधाका लागि १० वटा पंखा छात्रावासमा वितरण गरेका छौं,” अध्यक्ष पातलीले बताए।

उनले थपे, “विद्यार्थीको हितका लागि गरिएका अन्य प्रतिबद्धताहरू पनि क्रमशः कार्यान्वयन गर्दै लैजाने योजना छ। हामी निरन्तर क्रियाशील रहनेछौं।”

क्याम्पस प्रशासनले नेविसंघ इकाइ समितिको सहयोगलाई सकारात्मक उदाहरणको रूपमा लिएको छ। क्याम्पस प्रमुखका अनुसार, यसले छात्राहरूको बसोबासमा सहजता ल्याउनुका साथै विद्यार्थी संगठन र क्याम्पसबीचको सहकार्यलाई पनि सुदृढ बनाउने विश्वास लिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.