
पाकिस्तानको सरकारी टिभी र फौजको जनसम्पर्क विभागले भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको बताएका छन् ।
भारतले आफ्ना तीनवटा सैन्य अड्डालाई निशाना बनाएको पाकिस्तानले आरोप लगाएको थियो । पाकिस्तानी फौजको जनसम्पर्क विभाग आईएसपीआरका अनुसार पाकिस्तानले जवाफी कारबाहीलाई ‘अप्रेशन बुनयान मरसूस’ नाम दिएको छ । भारतले पाकिस्तानको यो दाबीलाई लिएर अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले आफ्ना तीन सैन्य अड्डालाई निशाना बनाएको विषयमा जवाफी कारबाही गर्ने बताएका छन् ।
पाकिस्तानी डिफेन्स सिस्टमले भारतले प्रहार गरेका अधिकांश मिसाइल खसालेको उनको दाबी छ। देशको सेना पूरै तरिकाले तयार रहेको उनको भनाइ छ ।
पाकिस्तानले दाबी गरेका सैन्य अड्डाहरुमा रावलपिण्डी, नूर खान जस्ता रहेका छन् । जो पाकिस्तानको राजधानी इस्लामाबादबाट १० किलोमिटरको दूरीमा छन् । साभार – ekantipur.com


