छोटो समयमा ठूलो फड्को: वडाको समृद्धि नेतृत्वमा अध्यक्ष दर्लामी

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

डोटी – डोटीको जोरायल गाउँपालिका–२ पछिल्लो समय समृद्ध, सुरक्षित र व्यवस्थित वडाको रूपमा उदाउँदै गएको छ। जबदेखि ऊर्जाशील युवा वीर बहादुर दर्लामी वडाध्यक्षमा निर्वाचित भएका छन्, तबदेखि विकासका गतिविधिहरू तीव्र गतिमा अगाडि बढेका छन्। उनका योजना र कामले बुडरलाई नयाँ परिचय दिलाएको छ।

स्थानीय बासिन्दाहरू भन्छन्, “निर्वाचित भएको छोटो अवधिमा उनले गरेका कामहरूले वडा नं २ लाई साँच्चिकै परिवर्तनतर्फ डोर्याएको छ। उनको दृष्टिकोण, सक्रियता र इमानदार प्रयासका कारण उदाहरणीय वडाको रूपमा स्थापित हुँदै गएको छ।”

पोषण खाजा सम्बन्धि सन्देश

अध्यक्ष दर्लामीका अनुसार हाल वडाका सम्पूर्ण बस्तीहरूमा विद्युत् सेवा पु-याइएको छ। ९५ प्रतिशतभन्दा बढी क्षेत्रमा सडक विस्तार भइसकेको छ। बुडर बजार क्षेत्रमा सडक दुई मिटर चौडा बनाइएको छ र साँझपख आवागमन सहज बनाउन सडक बत्तीहरूको व्यवस्था मिलाइएको छ।

स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउन यम्बुलेन्स सेवा उपलब्ध गराइएको छ भने शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धिका लागि विशेष प्राथमिकता दिइएको छ। वडा कार्यालय, कृषि भवन र स्वास्थ्य भवन निर्माण कार्य सम्पन्न भइसकेको छ।

जिल्ला वन डोटी

पर्यटन विकासका लागि छहरा झरनामा विभिन्न भौतिक पुर्वाधार निर्माण कार्यमा सहकार्य संगै इन्टरनेट र फोन नेटवर्कको पहुँचमा विकास गरिएको छ। यसले बाह्य आगन्तुकलाई समेत सहज र  आकर्षण गरेको छ।

फोहर व्यवस्थापन, वातावरण संरक्षण, महिला सशक्तिकरण, सामाजिक समावेशिता, खेलकुद प्रवर्द्धन, कृषि आत्मनिर्भरता, खानेपानी र सिँचाइ पूर्वाधार निर्माणलगायतका क्षेत्रमा उनका नेतृत्वमा उल्लेखनीय काम भएका छन्।स्थानीयको भनाइ अनुसार, गरीब, एकल महिला, दलित, जनजाति र टुहुरा बालबालिकालाई दिइएको प्राथमिकता सामाजिक न्यायको नमूना हो।

युवाहरूमाझ खेलकुद सामग्री तथा कार्यक्रमहरू मार्फत सकारात्मक ऊर्जा सिर्जना भएको छ। कृषकहरूलाई तालिम, उपकरण तथा सेवा प्रवाहमार्फत प्रोत्साहन दिइएको छ।त्यस्तै धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्पदाहरूको संरक्षणमा समेत वडा गम्भीरतापूर्वक लागेको छ। सरकारी तथा गैरसरकारी संस्थाहरूको समन्वय, निगरानी र पारदर्शी सेवा प्रवाहले बुडरलाई नमुना वडाको रूपमा अघि बढाएको स्थानीयहरू बताउँछन्।

आमा समूह र कृषि समूहका लागि छुट्टै भवन निर्माण गरिएको छ। साथै, पानी उद्योग र पिकनिक स्थल जस्ता योजना कार्यान्वयनका लागि डिपिआर तयार गरी प्रक्रिया अगाडि बढाइएको अध्यक्ष बताउँछन् ।

वडा अध्यक्ष दर्लामी भन्छन्, “हामी सम्पूर्ण वडा बासिको अभिभावकको रूपमा खटिएका छौं। समावेशी विकास, पारदर्शिता र सेवा प्रवाहमा नवीन दृष्टिकोण अपनाएर समृद्ध वडा निर्माण नै हाम्रो साझा संकल्प हो।”

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.