सेनाको सामाजिक कदम: सिलगढीमा धारा र ट्याङ्की निर्माण सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी, दिपायल – सामाजिक, सांस्कृतिक, ऐतिहासिक, राष्ट्रिय एकीकरण तथा पूर्वाधार विकासका विविध कार्यक्रम सञ्चालन गर्दै आएको नेपाली सेनाले दिपायल सिलगढी नगरपालिका–६, थाप्लामा व्यवस्थित धारा तथा पानी ट्याङ्की निर्माण सम्पन्न गरेको छ।

सिघ्र प्रभावी योजना अन्तर्गत सुदूरपश्चिम पृतना मुख्यालयको निर्देशन र श्री नं. ५ वाहिनी अड्डाको सुपरीवेक्षणमा भैरव प्रसाद गणले उक्त संरचना निर्माण गरेको हो।

पोषण खाजा सम्बन्धि सन्देश

मंगलवार आयोजित एक समारोहका बीच नगर प्रमुख बाजि सिंह खडका र भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परिक्षित देउजाले संयुक्त रूपमा उद्घाटन गरे। उद्घाटन कार्यक्रममा धारा र पानी ट्याङ्की वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।

जिल्ला वन डोटी

गणपति सेनानी देउजाका अनुसार, जलवायु परिवर्तनका कारण सुक्दै गएका पानीका मुहानहरूलाई व्यवस्थित गर्दै नागरिकको खानेपानी आवश्यकताको दीर्घकालीन समाधान गर्ने उद्देश्यले यो संरचना निर्माण गरिएको हो।

नगर प्रमुख खडकाले नेपाली सेनाको यस्तो पहलले खानेपानीको समस्या केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे। साथै उनले यस्ता कार्यक्रमहरूले नागरिक–सैनिक सम्बन्ध थप प्रगाढ हुने पनि बताए।

पूर्व नगर प्रमुख तथा नेकपा एमाले डोटीकी अध्यक्ष मञ्जु मलासीले धारा निर्माणसँगै खानेपानीसँगै सिँचाइको लागि पनि सुविधा पुग्ने धारणा राखिन्।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नेपाली सेना आपदा व्यवस्थापन मात्र नभई जनजीविकासम्बन्धी समस्यामा समेत सक्रिय रूपमा काम गरिरहेको बताउँदै निर्माण गरिएको संरचनाको दीर्घकालीन संरक्षणमा स्थानीयको संलग्नता आवश्यक रहेको उल्लेख गरे।

भैरव प्रसाद गणका अनुसार उक्त संरचनाबाट करिब ३ सय स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।यसअघि पनि नेपाली सेनाले डोटी जिल्लामा विभिन्न सामाजिक तथा पूर्वाधार निर्माणका कार्यहरू गर्दै आएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.