राजमार्गका घुम्ती ऐना तोडफोड, लापरवाहीको हद

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी– पहाडी क्षेत्रका विभिन्न राजमार्गका घुम्तीहरूमा राखिएका सवारी सुरक्षाका ऐना (Convex Mirror) नियतवश तोडफोड गरिएका छन्। सुरक्षाका दृष्टिले अत्यन्तै उपयोगी रहेका ती ऐना अधिकांश स्थानमा फुटेका देखिन्छन्।

दृष्य नदेखिने भिरालो तथा साँघुरा घुम्तीहरूमा राखिएका ऐनाले अगाडि आउने सवारीको जानकारी दिन्थे। तर ऐनाहरू तोडफोड भएपछि सवारी चालकहरूलाई सवारीसाधन आउँदै गरेको अनुमान गर्न कठिन भएको छ, जसले दुर्घटनाको जोखिम बढाएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

सवारी चालकका अनुसार ऐनाहरू कुनै दुर्घटनाका कारण नभई मानवीय लापरवाही र उद्दण्ड व्यवहारका कारण नष्ट गरिएका हुन्।

सार्वजनिक सम्पत्तिमा यस प्रकारको क्षति हुनु नागरिक चेतनाको अभाव र गैरजिम्मेवार प्रवृत्तिको परिणाम हो भन्ने आवाज स्थानीयस्तरमा उठ्न थालेको छ।

यात्रु सुरक्षाका लागि जडान गरिएका यस्ता सामग्रीहरूको संरक्षण सबैको साझा जिम्मेवारी हो भन्ने सन्देशसहित नागरिक सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता देखिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.