समता स्कुल अत्तरियालाई हेमा श्री फाउन्डेसन नेपालको आर्थिक सहयोग

मन्त्रालय सन्देश १

कैलाली — गोदावरी नगरपालिका–२ मा अवस्थित समता स्कुल अत्तरियाले हेमा श्री फाउन्डेसन नेपालबाट आर्थिक सहयोग प्राप्त गरेको छ।

जिल्ला वन डोटी

विद्यालयको नवनिर्मित भवन तथा भौतिक पूर्वाधार व्यवस्थापनमा टेवा पुगोस् भन्ने उद्देश्यले फाउन्डेसनले स्कुललाई रु ४० हजार नगद प्रदान गरेको हो। सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षाको गुणस्तर अभिवृद्धिमा योगदान दिने लक्ष्यसहित सहयोग प्रदान गरिएको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्तराज जोशी ‘बाजे’ ले जानकारी दिए।

पोषण खाजा सम्बन्धि सन्देश

सहयोग रकम विद्यालयकी प्राध्यापक रितु पाण्डे शाहुलाई फाउन्डेसनकी कोषाध्यक्ष लक्ष्मी बोगटी कुँवरको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।

गौरीगंगा नगरपालिका–६ मा कार्यालय रहेको हेमा श्री फाउन्डेसन नेपालले बालबालिकाको शिक्षामा प्रोत्साहन गर्न विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.