बालविवाह र दुर्व्यसनविरुद्ध चेतना कार्यक्रम सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी – सिड नेपाल डोटी र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, आदर्श गाउँपालिका र इलाका प्रहरी कार्यालय आदर्श डोटीको समन्वयमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रभात माध्यमिक विद्यालय, देहिमान्डौ डोटीमा बालबालिकाहरुलाई लक्षित गर्दै एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा बालबालिकालाई बालविवाह, लागुऔषध दुर्व्यसन तथा अनलाइन सुरक्षासम्बन्धी जोखिमबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा बालबालिकालाई यस्ता सामाजिक समस्याबाट जोगाउन तथा उनीहरूलाई सुरक्षित वातावरणमा हुर्कन प्रेरित गर्न उद्देश्य राखिएको थियो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

सिड नेपाल डोटीका बाल संरक्षण परिचालक तेज बहादुर बागका अनुसार उक्त अभियानको पहिलो दिन भैरव मावि बाझ ककानी, दोस्रो दिन शारदा मावि मौवा, तेस्रो दिन कालिभैरव मावि कोटान्जर, चौथो दिन लक्ष्मी मावि काडी र आज पाँचौं दिन प्रभात मावि देहिमान्डौमा कार्यक्रम सम्पन्न गरिएको हो। उनका अनुसार आदर्श गाउँपालिकाका अन्य ७ विद्यालयमा समेत यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ।

इलाका प्रहरी कार्यालय आदर्श डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले कार्यक्रममार्फत सहभागी बालबालिकालाई जनचेतनामूलक प्रशिक्षण प्रदान गर्नुभएको थियो।

बाल संरक्षणका क्षेत्रमा यो कार्यक्रमले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने र बालबालिकाको सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.