विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, २५ जना स्वयमसेवक चयन

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी – जोरायल गाउँपालिका–४ डोटीमा रहेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठक समितिका संयोजक नन्दराज भट्टको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

बैठकमा वडाका वडा सदस्य, वडाभित्रका विद्यालयका प्रधानाध्यापकहरू, सुरक्षाकर्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, आमासमुहाका प्रतिनिधिहरू, युवा क्लबका सदस्यहरू, सञ्चारकर्मी तथा स्वास्थ्यकर्मीहरू लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

बैठकमा हालको मौसम, भौगोलिक अवस्था र संभावित जोखिमलाई मध्यनजर गर्दै विपद् जोखिम न्यूनीकरणका विषयमा गहन छलफल गरिएको थियो। छलफलका क्रममा नजिकिँदो वर्षा याममा देखिन सक्ने सम्भावित विपद् (जस्तै पहिरो, बाढी, डुबान) को प्रभाव कम गर्नका लागि पूर्वतयारीलाई प्राथमिकता दिने निर्णय गरिएको छ।

यसै सन्दर्भमा, विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले २५ सदस्यीय विपद् स्वयमसेवक टोली गठन गरिएको छ। स्वयमसेवकहरूको छनोट टोल र भूगोलको रूपमा गरिएको समितिले जनाएको छ।

बैठकमा विशेष गरी विपद्को अवस्थामा बसोबास गुमाएका प्रभावित व्यक्तिहरूका लागि अस्थायी आवासको व्यवस्था गर्ने विषयमा पनि छलफल गरिएको थियो। यसै क्रममा वडाभित्रका विद्यालय भवनहरूलाई आपतकालीन अस्थायी बसोबास स्थलको रूपमा प्रयोग गर्न सकिने सुझाव राखिएको थियो, र आवश्यक तयारी गर्ने निर्णयसमेत गरिएको छ।

बैठकमार्फत् सबै स्थानीय बासिन्दालाई विपद् पूर्वतयारीमा संलग्न हुन, सचेत रहन तथा आवश्यक सहयोग प्रदान गर्न अपिल गरिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.