स्व. डम्बर रावलको स्मृतिमा बुडर बजारमा दीप प्रज्वलन

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी– जेठ १८ गते दिवंगत भएका डोटीको जोरायल गाउँपालिका २ बुडर बजारका व्यवसायी तथा कृषि विकास बैंक लिमिटेड जोरायल शाखामा कार्यरत कर्मचारी स्वर्गीय डम्बर रावलको स्मृतिमा बुडर बजारमा सोमबार दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।

जिल्ला वन डोटी

कार्यक्रममा बुडर बजारका व्यवसायी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले दिवंगत रावलप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको कर्मशील जीवन, सरल स्वभाव र सेवाभावी व्यक्तित्वको स्मरण गरेका थिए।

पोषण खाजा सम्बन्धि सन्देश

स्व. रावलको अकल्पनीय निधनले स्थानीय समुदायमा अपूरणीय क्षति पुगेको भन्दै सहभागीहरूले शोक व्यक्त गरेका थिए। कार्यक्रम मार्फत उहाँको आत्माको चिरशान्तिको कामना समेत गरिएको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.