नेल्टा सुदूरपश्चिम प्रदेश समिति तथा नेल्टा कैलालीको संयुक्त आयोजनामा १०औं स्थापना दिवस सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

कैलाली, — नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टा) सुदूरपश्चिम प्रदेश समिति तथा नेल्टा कैलालीको संयुक्त आयोजनामा नेल्टाको १०औं स्थापना दिवस गौरीगंगा नगरपालिका–९, मसुरियामा भव्य रूपमा सम्पन्न गरिएको छ।

कार्यक्रम नेल्टा सुदूरपश्चिम प्रदेश संयोजक लालबहादुर बोहराको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेल्टा केन्द्रीय सल्लाहकार गणेश धामीले नेल्टाको स्थापना कठिन परिस्थितिमा भएको स्मरण गर्दै हाल संघले पशु स्वास्थ्य सेवाको क्षेत्रमा पुर्‍याएको योगदानबारे प्रकाश पारे। उनले पशु प्राविधिकहरूको हकहितका लागि नेल्टाले खेलेको भूमिकालाई पनि उल्लेखनीय बताए।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

उक्त कार्यक्रममा प्रमुख अतिथि गौरीगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले नेल्टालाई राष्ट्रिय स्तरमै सबैभन्दा सक्रिय र ठूलो पेसागत ट्रेड युनियनको रूपमा चिनाउनुभएको उल्लेख गर्दै, संघले कृषकहरूप्रति उच्चस्तरीय सेवा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले पशु प्राविधिकहरूको साझा संस्था भएकाले यसले कृषक र पशुपालकहरूको जीवनस्तर उकास्न प्रभावकारी कार्य गरिरहेको धारणा राखे।

कार्यक्रममा वडा अध्यक्ष नारसिं सार्की, कार्यपालिका सदस्य रुपा जोशी, न्यायिक समिति सदस्य जानकी बोहरा, केन्द्रीय सल्लाहकार गणेश धामी, शिवशंकर सामुदायिक वन समिति अध्यक्ष बलबहादुर बोहरा, विभिन्न पालिकाका संयोजकहरू, नेल्टा कैलालीका प्राविधिक सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमबारे जानकारी दिँदै नेल्टा सुदूरपश्चिम प्रदेश कार्यसमितिका सचिव हेमन्त बाजेले स्थापना दिवस सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभएको थियो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.