पकेट विकास कार्यक्रमको प्रगति समीक्षा गोष्ठी सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डडेल्धुरा, —प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई डडेल्धुरा, कृषि ज्ञान केन्द्र डडेल्धुरा र भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेल्धुराको संयुक्त आयोजनामा पकेट विकास कार्यक्रमको रिपोटिङ तथा प्रगति समीक्षा गोष्ठी आइतबार सम्पन्न भएको छ।

कृषि ज्ञान केन्द्र डडेल्धुराको तालिम हलमा सम्पन्न उक्त गोष्ठीको अध्यक्षता जिल्ला समन्वय समितिका समन्वय प्रमुख गगन सिंह भण्डारीले गरेका थिए।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, जिल्ला समन्वय अधिकारी धर्मराज लम्साल, वरिष्ठ कृषि अधिकृत पिताम्बर बस्नेत, कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख नरेन्द्र पनेरु, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख देवराज भट्ट, तरकारी बीउ उत्पादन केन्द्रका प्रमुख तारीसिंह ठकुरी, जलस्रोत तथा सिँचाइ कार्यालयका प्रमुख अमर पाल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशव भण्डारी, पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतसिंह ठकुरी, तथा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिपक महतजस्ता विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो।

गोष्ठीमा जिल्लास्थित तीनवटै कार्यालय (प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई डडेल्धुरा,कृषि ज्ञान केन्द्रर भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र) ले हालसम्मको प्रगतिको विवरण प्रस्तुत गरेका थिए। साथै जिल्लाका सातवटै स्थानीय तहका कृषि तथा पशुपंक्षी विकास शाखाका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्ना कार्यक्षेत्रमा सम्पन्न कार्यक्रम तथा गतिविधिहरूबारे जानकारी गराएका थिए।

गोष्ठीमा तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनामा आधारित कृषि तथा पशुपंक्षी विकास कार्यक्रमहरू आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय समेत गरिएको थियो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.