कोल्ड च्याम्बर निर्माणसँगै कृषि भण्डारणमा किसानलाई सहजता

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी –डोटीको जोरायल गाउँपालिका–६, निरौली खसरेमा संघीय सरकारको सशर्त अनुदान कार्यक्रम अन्तर्गत २५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको कोल्ड च्याम्बर सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ।

कार्यक्रम वडा नं. ६ का अध्यक्ष गणेशबहादुर बोहराको अध्यक्षता, गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाको प्रमुख आतिथ्य र उपाध्यक्ष जमुना बोहराको विशिष्ट आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा व्यवस्थापन विभाग प्रमुख डा. घनश्याम भट्ट, बडीकेदार गाउँपालिका–१ का अध्यक्ष डम्बर बोहरा, जनप्रतिनिधि, कर्मचारी, सरकारी तथा गैरसरकारी संस्था प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओझाले कोल्ड च्याम्बरको सञ्चालनले किसानहरूलाई आफ्ना उत्पादन सुरक्षित राख्न सक्ने वातावरण बनाउने र कृषि उपजमा मूल्यवृद्धि तथा ह्रास न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो। उहाँले थप्नुभयो, “अब हाम्रो उत्पादन खेर जाने छैन, किसानले उचित मूल्य पाउनेछन्।”

विशिष्ट अतिथि उपाध्यक्ष जमुना बोहराले गाउँपालिकाको पहलमा स्थापना भएको कोल्ड च्याम्बरले स्थानीय कृषि प्रणालीमा नवीन ऊर्जा थप्ने र महिलासहित कृषिमा संलग्न सबै वर्गलाई प्रत्यक्ष लाभ दिने बताउनुभयो।

कार्यक्रमका सभापति वडा अध्यक्ष गणेशबहादुर बोहराले वडावासीको दीर्घकालीन माग अनुसार कृषि पूर्वाधार निर्माण गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसको उचित प्रयोग र संरक्षणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

सो अवसरमा डा. घनश्याम भट्टलाई उहाँको जन्मथलोमा आयोजना गरिएको कार्यक्रम र शिक्षा तथा समाज सेवामा योगदान पुर्‍याएको योगदानको सम्मानस्वरूप नागरिक अभिनन्दन गरिएको थियो। उपस्थित समुदायले डा. भट्टलाई प्रेरणाको स्रोतको रूपमा ग्रहण गर्दै शुभकामना व्यक्त गरेका थिए।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.