पालिका स्तरीय बाल क्लब सञ्जालको भेला सम्पन्न, ११ सदस्यीय समिति पुनर्गठन

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी, –जोरायल गाउँपालिका स्तरीय बाल क्लब सञ्जालको भेला मंगलबार सम्पन्न भएको छ। सञ्जालकी निवर्तमान सचिव दीक्षा नेपालीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा पालिका उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, विभिन्न वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विद्यालयका शिक्षक प्रतिनिधिहरू, पालिकाका कर्मचारीहरू, निड्स नेपालका कर्मचारी शिव शर्की तथा सीडीएफ (CDF) का प्रतिनिधिको उपस्थिति रहेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

बालबालिकाको नेतृत्व विकास, अधिकारको संरक्षण, र सशक्त सहभागिताका लागि आयोजित भेलाले ११ सदस्यीय नयाँ कार्यसमिति पुनर्गठन गरेको छ। नवगठित समितिमा दिक्षा कुमारी नेपाली अध्यक्ष, आशा कुमारी मल्ल उपाध्यक्ष, श्याम मल्ल सचिव, दीपक बिक सहसचिव, समिक्षा थापा कोषाध्यक्ष चयन भएका छन्। अन्य ६ जना सदस्यहरू समेत गरी कुल ११ सदस्यीय समिति गठन गरिएको हो।

भेलालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा गरिब र उत्पीडित वर्गप्रति पालिकाको सधैं सकारात्मक दृष्टिकोण रहेको बताए। उनले बाल भेलाबाट प्रस्तुत योजना, सुझाव तथा मागहरूलाई पालिकाको नीति निर्माण र कार्यान्वयन तहमा प्राथमिकताका साथ सम्बोधन गरिने स्पष्ट पारे।

भेलामा बालमैत्री पालिका निर्माण, विद्यालयस्तरीय बाल क्लबहरूको सशक्तिकरण, बाल अधिकार संरक्षण तथा बालबालिकाको सक्रिय सहभागिताबारे विस्तृत छलफल गरिएको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.