जोरायल–२ बुडरमा ‘आत्मरक्षा प्रशिक्षण’ सम्पन्न, महिलाको सशक्तिकरणमा जोड

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी –चेली स्वप्न बाटिका (डटर्स ड्रीम पार्क) को आयोजना र बोलन्याथलीको सहकार्यमा एक दिने महिलामुखी आत्मरक्षा प्रशिक्षण कार्यक्रम जोरायल गाउँपालिका–२, बुडरमा बिहीबार सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता डिलासैनी सामुदायिक वन उपभोक्ता समितिका कार्यबाहक अध्यक्ष खेमराज भट्टराईले गर्नु भयो। प्रमुख अतिथि पूर्व प्रदेशसभा सदस्य तथा पूर्व कानुन मन्त्री पूर्णा जोशी रहनु भएको थियो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

विशिष्ट अतिथिका रूपमा वडा नं. २ का वडाध्यक्ष वीर बहादुर दर्लामी सहभागी हुनु भयो। कार्यक्रमको सञ्चालन चेली स्वप्न बाटिका तथा बोलन्याथलीका अभियन्ता मुकुन्द पन्तले गर्नुभएको थियो।

कार्यक्रममा बुडर क्षेत्रका आमासमूह, नागरिक समाजका अगुवा, स्थानीय समाजसेवी, बुद्धिजीवी, रामपुर माविका खेलकुद प्रशिक्षक, कक्षा ८ देखि १२ सम्मका कराँते खेलाडी बालिकाहरू, विभिन्न संघसंस्था, महिला अधिकार मञ्च तथा बुडरस्थित सहकारी तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य महिला हिंसा विरुद्धको जनचेतना, महिला सशक्तिकरण र महिलाका हक–अधिकारबारे जानकारी प्रदान गर्नु रहेको आयोजकले जनाएका छन ।

कार्यक्रममा प्रमुख अतिथि जोशीले आत्मरक्षा सम्बन्धी मनोवैज्ञानिक र कानुनी पक्षमा समेत प्रशिक्षण दिनुका साथै महिलाहरूले आफ्नो सुरक्षा आफैँ गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.