जोरायलमा महिला क्षमता अभिवृद्धि, कृषि र सिप विकास तालिम सम्पन्न, योग शिविर सुरु

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी, जोरायल — जोरायल गाउँपालिकामा महिलाको सशक्तीकरण र स्थानीय स्तरमा सीप तथा कृषि विकासलाई लक्षित गर्दै विविध कार्यक्रमहरू शनिबार सम्पन्न भएका छन्।

पालिकाको आयोजनामा वडा नं. ३ मा  दुई दिने महिला क्षमता अभिवृद्धि तालिममा ४० जना महिलाहरूको सक्रिय सहभागिता रह्यो। सहभागीमध्ये कार्यपालिका सदस्य, वडा महिला सदस्य, महिला अधिकार मञ्च तथा महिला सञ्जालका पदाधिकारीहरू, साथै अगुवा महिलाहरू थिए।

पोषण खाजा सम्बन्धि सन्देश

तालिममा महिलाहरूलाई विधमान कानुन, महिला हक र अधिकार, बजेट निर्माण प्रक्रिया तथा त्यसमा महिलाको सहभागिता, लैङ्गिक उत्तरदायित्वसहितको बजेट निर्माण, र पालिकाका विषयगत समितिहरूको भूमिका लगायतका विषयमा जानकारी दिइएको थियो।

जिल्ला वन डोटी

समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष जमुना बोहराले भनिन्, “महिलाहरू नीतिनिर्माण र बजेट निर्माण जस्ता प्रक्रियामा सहभागी भएसँगै गाउँमा समावेशी र दिगो विकासको बाटो खुल्छ। यस्ता तालिमहरू नेतृत्व क्षमताको विकासका लागि अति महत्वपूर्ण छन्।”

यसैबीच, नेपाल रेडक्रस सोसाइटी जोरायल शाखाको सभा हलमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पाँच दिने योग, ध्यान र प्राणायाम कार्यक्रम शनिबारदेखि सुरु भएको छ। कार्यक्रमले समुदायमा शारीरिक, मानसिक तथा आत्मिक स्वास्थ्यप्रति सकारात्मक चेतना फैलाउने अपेक्षा गरिएको छ।

त्यस्तै, वडा नं. २ बाझिलेखमा सात दिने दुना–टपरी सिप विकास तालिम सम्पन्न भएको छ। तालिमले महिलाहरूलाई लघु उद्यममार्फत स्वरोजगार र आर्थिक आत्मनिर्भरतातर्फ प्रेरित गरेको छ।

वडा नं. ४ मा सञ्चालन भएको आधुनिक कृषि प्रणालीसम्बन्धी तालिम पनि सफलतापूर्वक सम्पन्न भएको छ। तालिमले कृषकहरूलाई वैज्ञानिक, व्यवसायिक र बजारमुखी खेतीतर्फ उन्मुख गराउने उद्देश्य बोकेको थियो।

जोरायल गाउँपालिकाले यस्ता बहुआयामिक कार्यक्रमहरू आगामी दिनमा अझ सशक्त, समावेशी र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.