बडीकेदार गाउँपालिकाले ल्यायो ४४ करोड २१ लाख ५० हजारको बजेट

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

गणेश मौनी, असार १० -डोटीको बडीकेदार गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४४ करोड २१ लाख ५० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १७औँ गाउँसभामा उपाध्यक्ष डम्मरी विष्ट कलेलले आगामी वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेटमा कृषि, पर्यटन, शिक्षा, पूर्वाधार, स्वास्थ्य, वातावरण संरक्षण र सुशासनमा विशेष जोड दिइएको उल्लेख गरिएको छ।

जिल्ला वन डोटी

बजेट वक्तव्यमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, व्यावसायिक कृषि तथा पशुपालन, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, लक्षित वर्गको सशक्तीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, संस्थागत सशक्तीकरण र उत्तरदायित्वयुक्त सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

आगामी वर्षका लागि संघीय सरकार समानीकरण अनुदान अन्तर्गत ९ करोड १६ लाख, संघीय राजस्व बाँडफाँडबाट १० करोड ४३ लाख, संघीय सरकार सशर्त अनुदानबाट १८ करोड २९ लाख, समपूरक अनुदानबाट ८५ लाख, प्रदेश सरकार समानीकरण अनुदानबाट ७५ लाख २६ हजार र आन्तरिक आय तथा अन्य स्रोतबाट २ करोड १४ लाख ६४ हजार रुपैयाँ आय हुने अनुमान गरिएको छ।

प्रस्तुत बजेट तथा कार्यक्रममाथि विस्तृत छलफल अर्को गाउँसभा बैठकमा गर्ने गरी बैठक समापन गरिएको छ। गाउँसभा अध्यक्ष भैरव बहादुर साउँदले आगामी असार २० गतेका लागि अर्को बैठक आह्वान गर्नुभएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.