लैङ्गिक हिंसा निवारणसम्बन्धी तीनदिने तालिम सम्पन्न

पुन्ना तालिम केन्द्र

डोटी — दिपायल सिलगढी नगरपालिका खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत आयोजना कार्यान्वयन इकाई दिपायल सिलगढीको सहयोगमा लैङ्गिक हिंसा र कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण तथा गुनासो व्यवस्थापनसम्बन्धी तीनदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ।

जिल्ला वन डोटी

असार १५ गतेदेखि १७ गतेसम्म सञ्चालित ‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण’ (GESI) सम्बन्धी उक्त तालिममा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। तालिमको उद्घाटन आयोजना कार्यान्वयन इकाई दिपायल सिलगढीका MWASH प्रमुख विपिन ओझाले गर्नुभएको थियो।

तालिमको सहजीकरण इकाईका इन्जिनियर त्रिलोक ताम्राकारले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाकी उपप्रमुख कलावती साउदले महिलामाथि हुने हिंसा सहेर बस्नु नहुने धारणा व्यक्त गर्नुभयो। उहाँले हिंसाको विरुद्धमा आवाज उठाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो।

उक्त तालिमले सहभागीहरूलाई लैङ्गिक समानता, हिंसा निवारण र गुनासो व्यवस्थापन प्रणालीबारे व्यवहारिक ज्ञान प्रदान गरेको आयोजकको भनाइ छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.