राष्ट्रपति रनिङ शिल्डमा चम्किएका जोरायलका खेलाडीहरू पालिकाबाट सम्मानित

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

डोटी,जोरायल- बि.स. २०८१ फागुन १७ देखि २० गतेसम्म डोटीको बडिकेदार गाउँपालिका–१, बी.पी. नगरस्थित केदार सूर्य बहुमुखी क्याम्पसमा सम्पन्न १५औँ राष्ट्रपति रनिङ शिल्ड डोटी जिल्ला स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको जोरायल गाउँपालिकाले आज असार २२ गते पदक विजेता सम्पूर्ण खेलाडी विद्यार्थीहरूलाई एक विशेष समारोहमा सम्मान गरेको छ।

प्रतियोगितामा जोरायलका खेलाडीहरूले १७ स्वर्ण, १८ रजत र ९ काँस्य पदकसहित कुल ४४ पदक प्राप्त गर्दै समग्र उपाधि आफ्नो पक्षमा पारेका थिए। यो सफलता जोरायल गाउँपालिकाको खेलकुद क्षेत्रमा पहिलो ऐतिहासिक उपलब्धि मानिएको छ।

आइतबार आयोजित सम्मान कार्यक्रममा पदक विजेता खेलाडीहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरियो भने विभिन्न विद्यालयहरूलाई खेलकुद सामग्रीहरू पनि वितरण गरिएको थियो।

जिल्ला वन डोटी

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले भने,“हामीले जितेका पदकहरूले गाउँपालिकाको पहिचानलाई नयाँ उचाइ दिएका छन्। यो सफलता हाम्रो सामूहिक प्रयासको फल हो र यसलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौं।”

त्यस्तै उपाध्यक्ष जमुना बोहराले खेलकुदमार्फत विद्यार्थीहरूमा अनुशासन र आत्मबल विकास भएको उल्लेख गर्दै भनिन्,“यो सम्मान केवल व्यक्तिगत सफलता होइन, सम्पूर्ण समुदायको गर्व हो। हामीले भविष्यमा अझ ठूला उपलब्धि हासिल गर्ने लक्ष्य राखेका छौं।”

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तेज बहादुर खत्रीले विद्यार्थी, शिक्षक र अभिभावकको साझा प्रयासले सफलता सम्भव भएको बताए र आगामी दिनमा खेलकुद क्षेत्रको थप विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरे।

खेलकुद प्रशिक्षक पवनकुमार साहुले नियमित अभ्यास र समर्पण नै सफलता भएको भन्दै आगामी प्रतिस्पर्धामा अझ राम्रो प्रदर्शनको अपेक्षा व्यक्त गरे।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट ,वडा अध्यक्षहरू, जनप्रतिनिधि ,विद्यालयका प्रधानाध्यापक, शिक्षक, पालिकाका कर्मचारी, पदक बिजेता विद्यार्थी र स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.