जोरायल गाउँपालिकाबाट १० लाखको लगानीमा प्रविधि हस्तान्तरण, ३२ जनालाई उपकरण वितरण

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी, असार २२ —
जोरायल गाउँपालिकाको प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत आज विभिन्न सीपमूलक उपकरणहरु वितरण गरिएको छ। सीपमूलक उपकरण बितरणको लागि गाउँपालिकाले कुल १० लाख रुपैयाँ लगानी गरेको हो।

कार्यक्रम अन्तर्गत ९ जनालाई अम्ब्रेला सिलाई मेसिन, ६ जनालाई जुक्की इलेक्ट्रिक मेसिन, ९ जनालाई इन्टरलक मेसिन, १० जनालाई आरनका सेट, ३ जनालाई वेल्टिङ मेसिन सेट तथा ५ जनालाई जुत्ता सिलाउने मेसिन प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। यसरी जम्मा ३२ जना व्यक्तिहरूलाई यस्ता उपकरण वितरण गरिएको हो।

जिल्ला वन डोटी

कार्यक्रमपछि बोल्दै गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले युवा, महिला तथा सीप भएका नागरिकहरूलाई प्राविधिक सामग्री प्रदान गरेर स्वरोजगारमुखी बनाउने प्रयासलाई गाउँपालिकाले प्राथमिकता दिएको बताए। उपाध्यक्ष जमुना बोहराले सीप र प्रविधिको संयोजनले आत्मनिर्भरताको बाटो खुल्ने विश्वास व्यक्त गर्दै व्यवसायीको उद्यमशीलता प्रवर्द्धनमा यो कार्यक्रम टेवा हुने बताइन्।

त्यस्तै, अपांगता भएका व्यक्तिहरूकोलागि साहयक प्रविधि सामाग्री बितरण कार्यक्रम अन्तर्गत जोरायल गाउँपालिकाको २ लाख र DID Mission to Nepal को १ लाख रुपैयाँ सहयोगमा सेतो छडी १० जनालाई, वाकर ३ जनालाई, वाकिङ स्टिक ४० जनालाई, ह्विलचियर ५ जनालाई र बैशाखी १० जनालाई वितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार यस्तो कार्यक्रमले सीपयुक्त नागरिक र अपांगता भएका व्यक्तिहरूलाई जीवनयापनमा सहजता ल्याउने विश्वास गरिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.