सम विकास केन्द्र डाेटीद्वारा संचालित उद्धम विकास तथा व्यवसाय प्रबर्द्वन तालिम सम्पन्न

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना

सम विकास केन्द्र डाेटीद्वारा संचालित ३ दिने उद्धम विकास तथा व्यवसाय प्रबर्द्वन तालिम आज शुक्रबार दिपायलमा सम्पन्न भएको छ । तालिममा उद्वम विकासद्वारा संञ्चालित पहुँच परियोजना लागु भएका डोटीका शिखर नगरपालिका वडा न ५ ,७,८,९,१०,११ तथा के आई सिंह गाउँपालिका वडा न १,२,३ का २५ जनाको सहभागीता रहेको थियो ।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

तालिमको सहजिकरण घरेलु तथा साना उद्योग विकाश कार्यालय डोटीका वरिष्ठ उद्यम विकाश सहजकर्ता चन्द्र सिंह धामी ले गरेका थिए ।तालिममा व्यवसाय तथा उद्यमशिलताको महत्व र विकाश,सफल उद्यमीका बिशेषताहरु, व्यवसायिक अवसरहरुको पहिचान,महिला उद्यमीका समस्या र चुनौती ,बजार तथा बजारिकरण लगायत,व्यवसायिक योजना तथा हिसाबकिताब अभिलेखीकरण जस्ता महत्वपुर्ण सैद्धान्तिक तथा व्यवाहिरक पक्षहरुको ज्ञान पाउँदा खुशी भएको तालिममा सहभागी शिखर नगरपालिका -१० का सीता ताम्राकार बताइन ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

तालिमले नव महिला उद्यमीहरुलाई स्थानिय स्तरमा एक सफल व्यसायीको रुपमा विकसित गरि विपन्न तथा दलित महिलाहरुलाई आयआर्जन मार्फत लक्ष्यितहरुको आर्थिक अवस्थामा परिवर्तन गरि महिला माथि हुने विभिन्न विभेद जस्तै जातिय तथा लैगिक हिंसा न्युनिकरणमा केहि सहयोग पुग्ने पहुँच परियोजना जिल्ला संयोजक टेक बहादुर नेपालीले बताए ।

यस अघि तालिममा सहभागीहरुलाई सम्बन्धित वडा तथा तथा समुहको सिफारिसको आधारमा विभिन्न साना व्यवसाय संन्चालनको लागि संस्थाले बिउ पुजी रकम सहयोग गरेको थियो ।सम विकास केन्द्र नेपाललक्ष्यित महिला तथा दलितका साझा सवालमा २०५३ साल देखि सकृय भइ सामाजिक कार्य गर्दै आएको संस्था हो ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.