डोटीको सुजङ्ग स्कुलमा २१२ औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी, –डोटीको राजपुरस्थित सुजङ्ग स्कुलले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन स्कुलका प्रधानाध्यापक मानबहादुर कठायतले भानुभक्तको तस्बिरमा माल्यार्पण तथा व्यानर वाचन गरी गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले आ–आफ्ना सिर्जनात्मक कविता वाचन गर्दै भानुजयन्तीलाई उत्सवमय बनाएका थिए।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

कक्षा ७ की छात्रा स्वीकृति अवस्थीले कार्यक्रमको सञ्चालन गरिन भने कार्यक्रमको अध्यक्षता सुजङ्ग साहित्य मञ्चकी कोषाध्यक्ष सन्ध्या सेठीले गर्नुभयो। कार्यक्रममा कूल ५६ जना विद्यार्थीहरूले कविता वाचन गरेका थिए। साथै, शिक्षक देवेन्द्र दत्त भट्ट, वासुदेव जोशी र पारस रावतले पनि आफ्ना रचना प्रस्तुत गरेका थिए।

वि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्त आचार्यले नेपाली भाषामा रामायण अनुवाद गरेर आम जनताको मनमा गहिरो प्रभाव पारेका थिए। उनका ‘रामायण’, ‘बधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ जस्ता कृतिहरू आज पनि उत्तिकै सान्दर्भिक छन्।

कार्यक्रममा शिक्षक देवेन्द्र दत्त भट्टले विगतमा सुदूरपश्चिममा भानु जयन्ती मनाउने परिपाटी कम भए पनि हालका वर्षहरूमा यो दिन साहित्यिक चेतना जागृत गर्ने अवसरका रूपमा लिन थालिएको बताउनुभयो। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान, सुदूरपश्चिम साहित्य समाज, लेखक सङ्घ, गुगुल्टी वाङ्मय प्रतिष्ठान, महाकाली साहित्य समाज जस्ता संस्थाहरूले यस क्षेत्रमा साहित्यिक गतिविधिमा सक्रियता बढाइरहेका उल्लेख गर्नुभयो।

यसरी आयोजित साहित्यिक कार्यक्रमहरूले बालबालिकामा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने र साहित्यप्रति रुचि बढाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.