युवाको सक्रियतामा रक्तदान कार्यक्रम सम्पन्न

पुन्ना तालिम केन्द्र

चौमाला, कैलाली –
गौरीगंगा नगरपालिका–४, राजिपुरमा युवाहरुको सक्रियतामा एकदिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ। दिपज्योती युवा क्लब, राजिपुर र गौरीगंगा–११ स्थित स्पोर्ट्स क्लब, मसुरियाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलालीले प्राविधिक सहयोग प्रदान गरेको थियो।

रक्तदान कार्यक्रममा ३७ जनाले स्वेच्छिक रक्तदान गरेका थिए। कार्यक्रम दिपज्योती युवा क्लबका अध्यक्ष मुक्ती खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने गौरीगंगा नगरपालिकाका प्रमुख देबिदत्त कँडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा वडा सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, व्यापारी, समाजसेवीसहित स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

जिल्ला वन डोटी

प्रमुख अतिथि कँडेलले युवाहरुले समाजसेवामा सक्रिय सहभागिता जनाउँदै रक्तदानजस्तो मानवीय कार्य सम्पन्न गरेकोमा प्रसंसा गर्दै भन्नुभयो, “रगतको अभावमा कुनैपनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले गरिएको यस्तो अभियान प्रशंसनीय छ।” उहाँले रक्तदानलाई नियमित अभ्यासको रूपमा अगाडि बढाउन आग्रह गर्नुभयो।

कार्यक्रममा अन्य वक्ताहरुले पनि युवाहरुले अघि सारेको रक्तदानजस्तो कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने उल्लेख गर्दै ‘रक्तदान नै जीवनदान’ भन्ने सन्देशलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए।

दिपज्योती युवा क्लबले यसअघि पनि स्वास्थ्य शिविर, खेलकुद प्रतियोगिता, सरसफाइ अभियान लगायतका सामाजिक कार्यक्रमहरू गर्दै आएको जनाइएको छ।

कार्यक्रममा स्पोर्ट्स क्लब, मसुरियाका अध्यक्ष दिनेश कलेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन होमराज सापकोटाले गर्नुभएको थियो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.