मानवीय सेवामा युवा सक्रिय : बनबेहडामा सम्पन्न भयो रक्तदान कार्यक्रम

पुन्ना तालिम केन्द्र

चौमाला, कैलाली ।
गौरीगंगा नगरपालिका–६, बनबेहडामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। हेमाश्री फाउन्डेसन नेपालको आयोजनामा, गौरीगंगा–११ स्पोर्ट्स क्लब मसुरियाको समन्वयमा र नेपाल रेडक्रस सोसाइटी कैलाली तथा कालिका मेडिकल हलको प्राविधिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा १३ जना स्वयंसेवकले रक्तदान गरेका छन्।

कार्यक्रम हेमाश्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे)को अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथि गौरीगंगा नगरपालिका वडा नं. ६ का अध्यक्ष टेक बहादुर कुँवर रहनुभएको थियो। अन्य विशिष्ट अतिथिहरूमा देउडा गायक सुरत रावत, बाह्रबन साझेदारी बन उपभोक्ता समूह अध्यक्ष वीर बहादुर चोखाल, अमर माध्यमिक विद्यालयका दान बहादुर कुँवर, बिणा ग्रामीण विद्युत सहकारीका अध्यक्ष पुरन सिंह कडायत, १०९ पटक रक्तदान गरिसक्नुभएका समाजसेवी दीपकराज उपाध्याय, स्पोर्ट्स क्लब अध्यक्ष दिनेश कलेल, कालिका मेडिकल हलका सञ्चालक दिर्घ साउद, रेडक्रस उपशाखा सदस्य कृष्णा खडका लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यापारी र समाजसेवीहरू सहभागी थिए।

जिल्ला वन डोटी

कार्यक्रममा वक्ताहरूले धर्म कमाउन मठ–मन्दिर जानुभन्दा पीडितलाई सहयोग गर्नुपर्छ भन्ने सन्देश दिएका थिए। उनीहरूले रगतको आवश्यकता परेपछि मात्र यसको मूल्य थाहा हुने हुँदा सबैले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिए।

कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे)ले डेंगु, दुर्घटना र अन्य आकस्मिक अवस्थामा रगत अभावकै कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको जानकारी दिनुभयो। साथै, उहाँले फाउन्डेसनले विगतदेखि नै रक्तदान, स्वास्थ्य शिविर, शैक्षिक सामग्री, विद्यालय पोशाक तथा आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई सहयोग सामग्री वितरण गर्दै आएको बताउनुभयो।

रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गरी धन्यवाद ज्ञापन गरिएको कार्यक्रममा स्वागत मन्तव्य स्पोर्ट्स क्लब अध्यक्ष दिनेश कलेलले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालक धनिदत्त भट्टले गर्नुभएको थियो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.