सायलका दल बहादुर कटुवाललाई आर्थिक सहायोग

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी- भारतको चेन्नईमा श्रम गरिरहेका नेपाली युवाहरुले सामाजिक उत्तरदायित्वको भावनासाथ डोटीको सायल गाउँपालिका वडा नम्बर ६ निवासी दल बहादुर कटुवाललाई १ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

गत असार ६ गते आदर्श गाउँपालिका–१, धौलामाटीमा जीप दुर्घटना हुँदा कटुवालकी धर्मपत्नी काली देवी कटुवालको असमयमै निधन भएको थियो। उनलाई उपचारका लागि जिल्ला अस्पताल डोटी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मृतक काली कटुवाल सायल–६ की स्थायी बासिन्दा र सायल–४, भल्मा माइती भएकी हुन्। उनका चार छोरी छन्।

जिल्ला वन डोटी

श्रीमती गुमाइसकेपछि छोरीहरूको पालनपोषण र भविष्यबारे चिन्तित दल बहादुर कटुवाल हाल भारतमै मजदुरी गर्दै आएका छन्। तर यो कठिन घडीमा आर्थिक संकट थपिएको छ। यही कारणले चेन्नईमा रहेका नेपाली युवाहरुले “सेवा नै धर्म हो” भन्ने भावना बोकी अठोट खबर सह–सम्पादक तेजबहादुर डुम्रेलको खातामार्फत सहयोग रकम पठाएका हुन्।

सहयोगमा संलग्न सामाजिक अभियन्ता राम बहादुर कटुवालले अठोट खबरसँग भन्नुभयो, “दिन पुगोस्, खान पुगोस् भन्ने पवित्र उद्देश्यले हामीले सहयोग गरेका हौँ।”

यसअघि पनि भल्मा एकता समाज, चेन्नईले ८२ हजार रुपैयाँ सहयोग गरिसकेको छ।दल बहादुर कटुवालले सामाजिक सञ्जालमार्फत भावुक अपिल गर्दै भन्नुभएको छ, “छोरीहरूको पढाइ रोकिन नपरोस्, म यो संकटको घडीमा सबैको साथ सहयोगको अपेक्षा राख्दछु।”सहयोग गर्न चाहनुहुन्छ भने 9766082977 मा सम्पर्क गर्न सकिने कटुवालले जनाएका छन।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.