संकटमा साथ दिने युवानेता: शेरबहादुरको निशुल्क मोटरसाइकल यात्रा

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी, साउन १५ – डोटीको जोरायल गाउँपालिका–५, गड्सेरा चौकीका ३० वर्षीय शेरबहादुर बोगटी अहिले ग्रामीण सेवा भावको प्रेरक उदाहरण बनेका छन्। नेकपा (एमाले) वडा नं. ५ का वडा कमिटी अध्यक्षसमेत रहेका बोगटीले बिगत केही समयदेखि बिरामी र आपतबिपतमा परेका व्यक्तिहरूलाई निशुल्क मोटरसाइकलमा गन्तव्यसम्म पुर्‍याउने कार्य गर्दै आएका छन्।

विशेषगरी वर्षायाममा सडक अबरुद्ध हुँदा गाडी नचल्ने तथा बिरामीलाई बोकेर लैजान कठिन हुने अवस्थामा उनले आफ्नो मोटरसाइकललाई ‘आपतकालीन सेवा सवारी’को रूपमा प्रयोग गर्दै आएका छन्। गड्सेराबाट बडिकेदार १ बीपी नगर बजारसम्म दैनिकजसो बिरामी पुर्‍याउने गरेका बोगटीले हालसम्म ३८ जनालाई यस्तो निशुल्क सेवा दिइसकेका छन्।त्यस्तै उनको निशुल्क मोटरसाइकल सेवालाइ साथ दिन जनप्रीय आ वि का प्रधानाध्यापक  प्रेम बोगटी ,पुर्व नेपाली सेना प्रेम बोगटी ,महेन्द्र आ वि प्रधानाध्यापक बिष्णु भट र स्थानीय समाजसेवी खेम कठायतले   पेट्रोल सहयोग गरेका उनले बताए ।

जिल्ला वन डोटी

उनले सामाजिक सञ्जालमार्फत यस्तो सेवाको जानकारी दिँदै भनेका छन्, “गाउँमा गाडी जान सक्दैन, बिरामीलाई बोकेर लैजान गाह्रो हुन्छ। त्यसैले मेरो मोटरसाइकल छँदैछ, आपतमा परे सम्पर्क गर्नुहोस्, म सकेसम्म गन्तव्यसम्म पुर्‍याउँछु। गाडी चल्ने ठाउँसम्म, उपचार केन्द्रसम्म पुर्‍याउने, आवश्यक परे फर्केर ल्याउने पनि गरिरहेको छु।”

“ठूलो गाडी चल्ने सडक छैन, बाटो हिलो र अबरुद्ध छ। बिरामीलाई बोकेर लैजान सकिन्न, त्यसैले सक्दो प्रयास गरेर आफ्नो मोटरसाइकलमा पुर्‍याउने गरेको छु। यो मेरो मानवीय कर्तव्य हो,” उनले भने।

उनको यो नि:शुल्क सेवाले गाउँघरमा मात्र होइन, सामाजिक सञ्जाल र समुदायमा समेत प्रशंसा बटुलिरहेको छ। राजनीति नेतृत्वको भूमिकासँगै मानव सेवामा पनि सक्रिय देखिएका शेरबहादुरले विपद्का घडीमा जनताको साथ कसरी दिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।

गाडी पुग्न नसक्ने गाउँघरमा यस्तो सेवा प्रवाह गर्नु आफैंमा चुनौतीपूर्ण कार्य हो। यस्ता सेवामूलक कार्यले गाउँ समाजमा सकारात्मक सोचको विकास मात्र होइन, सेवा संस्कारलाई पनि बलियो बनाउने विश्वास गरिएको छ।शेरबहादुर बोगटीजस्ता युवाको सक्रियता र समर्पणले स्थानीय राजनीति र नेतृत्वलाई जनमैत्री बनाउने दिशामा मार्ग प्रशस्त गरिरहेको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.