हेमन्त राज जोशी बाताबरण विभाग सदस्य पदमा मनोनयन

पुन्ना तालिम केन्द्र

कैलाली – बागेश्वरी असल शासन क्लब (बास नेपाल) अन्तर्गतको बाताबरण विभागको सदस्य पदमा बास नेपालका सक्रिय सदस्य एवं हेमा श्री फाउन्डेसन कैलालीका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) लाई मनोनित गरिएको छ।

जिल्ला वन डोटी

बास नेपाल केन्द्रीय कार्यसमितिको कार्यालयले जारी गरेको पत्रमा केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले जोशीलाई उक्त पदमा मनोनित गरिएको जानकारी गराउनुभएको छ। जोशी कैलालीको गौरीगंगा–६ का स्थायी बासिन्दा हुन्। उहाँ सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका सशक्त युवा हुनुहुन्छ र विभिन्न संघ–संस्थाहरुमा आबद्ध हुनुहुन्छ।

बास नेपालका अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा बसेको बैठकले हेमन्त राज काफ्ले संयोजक रहेको बाताबरण विभागमा जोशीलाई सदस्य पदमा चयन गरेको हो। विभाग संयोजक काफ्लेले पनि मनोनयन सम्बन्धी पत्राचार गर्दै सफल कार्यकालको कामना व्यक्त गरेका छन्।

सो मनोनयनको खबर सार्वजनिक भएपछि सामाजिक क्षेत्रमा आबद्ध व्यक्तिहरूले जोशीलाई शुभकामना  तथा सफल कार्यकालको बधाई दिएका छन्।बास नेपाल विगत २५ वर्षदेखि सामाजिक रुपान्तरणका लागि क्रियाशील राष्ट्रिय गैरसरकारी संस्था हो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.