असल शासनका लागि स्थानीय जागरण तालिम सम्पन्न

पुन्ना तालिम केन्द्र

नेपालगञ्ज, बाँके — असल शासन र यसको तत्वबारे स्थानीयस्तरमा जागरण ल्याउने उद्देश्यले बास नेपालद्वारा आयोजित स्थानीय जागरण तालिम बिहीबार नेपालगञ्जस्थित होटल इन्देणीमा सम्पन्न भएको छ।

तालिममा बाँके जिल्लाभित्रका शाखा, उपशाखा, इकाईका पदाधिकारी तथा सक्रिय सदस्य गरी ७५ जनाको सहभागिता रहेको थियो। सहभागीहरूमा कोहलपुर उपशाखा, कोहलपुर वडा नं. २ इकाई, राप्ती सोनारी उपशाखा, बैजनाथ उपशाखा, जानकी उपशाखा, नेपालगञ्ज उपशाखा तथा बाँके शाखाका प्रतिनिधिहरू रहेका थिए।

जिल्ला वन डोटी

दुई घण्टा लामो तालिमको सहजीकरण बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए। कार्यक्रममा भ्रष्टाचारका प्रकार, भ्रष्टाचार निवारणका कानुनी व्यवस्था, भ्रष्टाचार न्युनिकरणमा युवाको भूमिका, सुशासन स्थापनार्थ सरकारी कानुनी प्रावधान तथा नीतिनियमहरूबारे जानकारी दिइएको थियो।

सहभागी चन्द्र प्रकाश जैशीले तालिमबाट धेरै कुरा सिक्न पाएको बताउँदै भविष्यमा तालिमको अवधि थप गर्न सुझाव दिए। अर्की सहभागी तारा वलीले भ्रष्टाचार न्यूनीकरणमा युवाहरूको भूमिकाबारे जानकारी पाएको भन्दै संस्थाप्रति धन्यवाद ज्ञापन गरिन्।

कार्यक्रममा बास नेपालका केन्द्रीय उपाध्यक्ष तथा तालिम विभाग प्रमुख दिला शाहले स्वागत मन्तव्य दिँदै तालिमको उद्देश्य स्पष्ट पारिन्। समापनका क्रममा बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले सहभागीलाई धन्यवाद दिएका थिए। कार्यक्रमको सञ्चालन बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले गरेका थिए।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.