बेपत्ता छोरा विपिनको खोजीमा आमा र बहिनी इजरायलमा

पुन्ना तालिम केन्द्र

कञ्चनपुर — इजरायलमा दुई वर्षदेखि बेपत्ता रहेका बिपिन जोशीको खोजीका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार इजरायल गएका छन्।

‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत इजरायल गएका बिपिन २०८० असोज २० गतेदेखि सम्पर्कविहीन छन्। उनी हमासको कब्जामा रहेको भनिए पनि हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। उक्त आक्रमणमा १० जना नेपालीको मृत्यु भइसकेको छ, तर बिपिन जीवित छन् वा छैनन् भन्नेबारे परिवार अझै अन्योलमा छ।

जिल्ला वन डोटी

छोराको बेपत्तापछि बिपिनका आमाबुबाले परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखकसँग बारम्बार पहलका लागि आग्रह गरे पनि परिणाम हासिल हुन सकेको छैन। गृहमन्त्री लेखक कञ्चनपुरकै भए पनि सरकारले ‘कूटनीतिक पहल जारी छ’ भन्दा बाहेक ठोस कदम नचालेको परिवारको गुनासो छ।

अन्ततः सरकारी सहयोगमा निराश परिवारले आफ्नै पहलमा इजरायल जाने निर्णय गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्‍दा आमा पद्मा र बहिनी पुष्पाको आँखाबाट बग्ने आँसु देखेर उपस्थित धेरैको मन विह्वल भयो।

अहिले धेरैले पद्मा जोशी छोरालाई सकुशल भेटेर फर्कुन् भन्ने कामना गरेका छन्। यसबीच, द्वन्द्वग्रस्त क्षेत्रमा नेपाली बेपत्ता हुँदा पनि सरकारले पर्याप्त चासो नदेखाएको भन्दै नागरिक स्तरमा आलोचना बढिरहेको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.