दक्षिण कोरियामा देउडा साँझको आयोजना हुने

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

सुदूरपश्चिम समाज दक्षिण कोरियाले २० बर्षको इतिहासमा पहिलो पटक देउडा साँझको आयोजना गर्नलागेको छ । “हाम्रो गौरव हाम्रो सान हाम्रो संस्कृति हाम्रो पहिचान” भन्ने नाराका साथ सुदूरपश्चिमको भाषा , कला र संस्कृतिको संरक्षण , सम्बर्द्धन र अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार तथा आपतकालिन राहतकोष स्थापनाका निमित्त उक्त देउडा साँझको आयोजना गर्न लागेको सुदूरपश्चिम समाज दक्षिण कोरियाका अध्यक्ष दिल बहादुर मडैले जानकारी दिए ।

 

सुदूरपश्चिमको मौलिकता झल्किने सांस्कृतिक कार्यक्रम सेती महाकाली देउडा साँझ भाग-५ यहीँ भदौ ३० गते अर्थात सेप्टेम्बर १५ तारीखमा कोरियाको महान चाड छुसकको अवसर पारि आयोजना गर्न लागेको अध्यक्ष मडैले बताए ।उक्त कार्यक्रममा डेउडा कलाकारहरु भोजराज भट्ट,लक्ष्मी आचार्य ,सोभा थापा,कमल बिरही थापा,नरेन्द्र रावल लगाएतको प्रस्तुति रहने आयोजकले जनाएका छन । आयोजकले आफ्नो सस्कृतिको संरक्षण गर्ने कार्यलाई हौसला प्रदान गरिदिन तथा कार्यक्रमलाई भौतिक , आर्थिक र नैतिक हिसावले सहयोग संगै कार्यक्रममा प्रत्यक्ष उपस्थित भईदिन सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाइ, दिदि बहिनीहरूलाई अपिल तथा आमन्त्रण गरेका छन ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.