महिला उद्यमशीलता समन्वय बैठक सम्पन्न

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

 

डोटी-‘सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम’ अन्तर्गत दिपायल सिलगढी नगरपालिकामा स्थानीय समन्वय बैठक सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को सहकार्य र नेपाल उद्योग वाणिज्य महासंघको साझेदारीमा सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासंघ, डोटी उद्योग वाणिज्य संघ, दिपायल सिलगढी नगरपालिका तथा अन्य साझेदार संस्थाहरूको सहभागितामा बैठक सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता डोटी उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम साउदले गर्नुभयो। कार्यक्रममा नगरप्रमुख बाजि सिंह खड्का प्रमुख अतिथि, महासंघ सुदूरपश्चिम प्रदेशका कोषाध्यक्ष लाल्मणी पन्त विशिष्ट अतिथि तथा पत्रकार महासंघ डडेलधुरा शाखाका अध्यक्ष हिक्मत सिंह विशेष उपस्थितिमा सहभागी हुनु भयो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

बैठकलाई सम्बोधन गर्दै नगरप्रमुख खड्काले व्यवसायलाई विधिवत् ढंगले अघि बढाउन आग्रह गर्नुभयो। बैठकमा महिला उद्यमशीलता प्रवर्द्धन, व्यवसाय दर्ता र औपचारिकरण, कर तथा कानुनी प्रक्रिया सहज बनाउन सहकार्य, महिला उद्यमीहरूको पहुँच विस्तार, हेल्पडेस्कमार्फत परामर्श र सूचना सेवा उपलब्ध गराउने लगायतका विषयमा छलफल गरिएको थियो।

यसै क्रममा दिपायलस्थित उद्योग वाणिज्य संघ भवनमा “महिला उद्यमशीलता सहायता कक्ष (हेल्पडेस्क)” को उद्घाटन नगरप्रमुख खड्काले गर्नुभयो। महिला उद्यम विकास सहजकर्ता पवित्रा साउद कुवरका अनुसार, उक्त कक्षमार्फत व्यवसाय सञ्चालनमा सहयोग, क्षमता अभिवृद्धि तालिम, कानुनी परामर्श, बजार पहुँच विस्तार, महिला लक्षित कार्यक्रममा निजी क्षेत्रको सहभागिता बढाउने तथा अनुगमन संयन्त्रको स्थापना गर्ने कार्य गरिनेछ।

यस पहलले स्थानीय सरकार, निजी क्षेत्र र विकास साझेदारबीचको सहकार्यलाई मजबुत बनाउन योगदान दिने अपेक्षा गरिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.