
हेमन्त जोशी , कैलाली ।
तामा खोज्न जाने क्रममा ज्यान गुमाएका गौरीगंगा–६, विजयनगर, बनबेहडाका २८ वर्षीय टेकबहादुर रोकायाको परिवारलाई प्रबासमा रहेका वडावासी दाजुभाइहरूले आर्थिक सहयोग प्रदान गरेका छन्।
साउन १४ गते चुरे–४, सिताखाली खोलामा मृत अवस्थामा भेटिएका रोकायाको निधनले गाउँघर शोकमग्न बनेको थियो। उहाँको परिवारको पीडामा साथ दिन भारतको बैंगलोरमा रहेका दाजुभाइहरूले विशेष कार्यक्रमको आयोजना गरी संकलित रकम सार्वजनिक गरेका हुन्।

बैंगलोरबाट रु. ६५ हजार २ सय ३२ र नेपालबाट रु. २२हजार गरी जम्मा रु. ८७ हजार २सय ३२ मृतककी पत्नी इन्दु कुमारी कार्की रोकायाको बैंक खातामा हस्तान्तरण गरिएको छ।
कार्यक्रममा अभियानका संयोजक कृष्ण कडायतले सहयोगी दाताहरू प्रती हार्दिक आभार व्यक्त गर्दै विपत्तिको घडीमा एकताबद्ध भएर सहयोग गर्ने परम्पराले पीडित परिवारलाई राहत पुगेको बताए।
उक्त रकम संकलनमा सुभाष भुल, कृष्ण भट्ट, रोशन ओझा, कृष्णजंग बोगटी, जेरी भुल,ध्वज भुल ,खेमराज ओझा लगायतको सक्रिय भूमिका रहेको कडायतले जानकारी दिएका छन्।


