सामुदायिक वनद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहयोग

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी – डोटीको बडीकेदार गाउँपालिका–१, डाङस्थित सानुमाया सामुदायिक वन उपभोक्ता समितिले अपाङ्गता भएका व्यक्तिलगायत विपन्न वर्गलाई आर्थिक सहयोग गरेको छ।

जिल्ला वन डोटी

सामुदायिक वन दिवसको अवसर पारेर समितिले आफ्ना सामुदायिक वनका ७ जना गरिब, विपन्न, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई जनही २१ हजार ३३३ रुपैयाँ बराबरको रकम उपलब्ध गराएको हो। उक्त रकम बाख्रापालन व्यवसायमा लगानी गर्न सहयोगस्वरूप प्रदान गरिएको समितिले जनाएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

समितिले वन पैदावारबाट भएको आम्दानीको ३५ प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत बाख्रापालन कार्यक्रममार्फत वितरण गरेको हो। “सहयोग रकमले उनीहरूको जीवनयापनमा केही सहजता होस् भन्ने हाम्रो उद्देश्य हो,” सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रोजबहादुर कलेलले बताए।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.